२३ बैशाख २०८१, आइतबार

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित युवाको मृत्यु


चितवन मेडिकल कलेज

चितवन, ८ असोज । चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका-३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो । डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो ।

कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !