२३ बैशाख २०८१, आइतबार

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो


मृत्यु

काठमाडौँ, असोज ७ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट १ जना महिला र ६ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलामा काठमाडौँकी १ जना रहेकी छन् भने मृत्यु हुने पुरुषमा झापाका १ जना, सिरहाका १ जना, काठमाडौँका १ जना, ललितपुरका १ जना र बर्दियाका २ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने १ जना महिलामा काठमाडौँकी ६८ वर्षीया रहेकी छन् । यस्तै मृत्यु हुने ६ जना पुरुषमा झापाका ८६ वर्षीय, सिरहाका ५० वर्षीय, काठमाडौँका १६ वर्षीय, ललितपुरका ७४ वर्षीय र बर्दियाका ६४ र ३९ वर्षीय २ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !