५ आश्विन २०८१, शनिबार

बीपी प्रतिष्ठानमा उपचाररत सिराहाका कोरोना संक्रमित पुरुषको मुत्यु


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान, असोज ७ । सुनसरी जिल्लाको धरानमा सिराहाका कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मुत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिराहाका ५० वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाlले जानकारी दिए ।

प्रतिष्ठानको कोभिड अस्पतालमा भदौ ६ गते भर्ना भएका सिराहाको औरी-३ का संक्रमित पुरुषको मृत्यु भएको हो । उनी मस्तिष्क पक्षघात भएर मृगी रोगको लक्षण देखिएपछि विराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशालामा पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानमा रिफर गरेको थियो । मृतक पुरुषको शवको व्यवस्थापन स्वास्थ्य प्रोटोकल अनुसार भइरहेको प्रतिष्ठानले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु