८ मंसिर २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो


मृत्यु

काठमाडौँ, असोज ५। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ३ जना महिला र १३ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलामा मकवानपुरकी १ जना, ललितपुरकी १ जना र दोलखाकी १ जना गरी ३ जना रहेका छन् भने मृत्यु हुने पुरुषमा झापाका १ जना, सुनसरीका १ जना, पर्साका १ जना, भक्तपुरका २ जना, काठमाडौँका २ जना, मकवानपुरका १ जना, ललितपुरका १ जना, चितवनका १ जना, रुपन्देहीका १ जना र बाँकेका २ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ३ जना महिलामा मकवानपुरकी १७ वर्षीया, ललितपुरकी ५८ वर्षीया र दोलखाकी ५२ वर्षीया रहेका छन् । यस्तै मृत्यु हुने १३ जना पुरुषमा झापाका ७२ वर्षीय, सुनसरीका ४९ वर्षीय, पर्साका ८८ वर्षीय, भक्तपुरका ८४ र ६२ वर्षीय २ जना, काठमाडौँका ५८ र ७३ वर्षीय २ जना, मकवानपुरका ६८ वर्षीय, ललितपुरका ६१ वर्षीय, चितवनका ५५ वर्षीय, रुपन्देहीका ६७ वर्षीय र बाँकेका ५० र ५९ वर्षीय २ जना रहेका छन् ।नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४११ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !