८ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो


मृत्यु

काठमाडौँ, भदौ ३१ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ४ जना महिला र ४ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलामा बाराकी १ जना, काभ्रेपलान्चोककी १ जना र काठमाडौँकी २ जना गरी ४ जना रहेका छन् भने मृत्यु हुने पुरुषहरुमा सुनसरीका १ जना, सप्तरीका १ जना, काभ्रेपलान्चोकका ३ जना र कास्कीका १ जना गरी ४ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ४ जना महिलामा बाराकी ४६ वर्षीया, काभ्रेपलान्चोककी ५५ वर्षीया, काठमाडौँकी ७१ वर्षीया र ७४ वर्षीया रहेका छन् । यस्तै मृत्यु हुने ४ जना पुरुषहरुमा सुनसरीका ७० वर्षीय, सप्तरीका ३५ वर्षीय, काभ्रेपलान्चोकका ४१ वर्षीय र कास्कीका ७० वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३७१ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !