१२ बैशाख २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ३६० पुग्यो


मृत्यु

काठमाडौँ, भदौ २९ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ५ जना महिला र १० जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलामा काठमाडौँकी १ जना, गोरखाकी १ जना, नवलपरासीकी १ जना, पर्साकी १ जना र कपिलबस्तुकी १ जना गरी ५ जना रहेका छन् भने मृत्यु हुने पुरुषहरुमा मोरङका २ जना, काठमाडौँका ५ जना, ललितपुरका १ जना, भक्तपुरका १ जना र रामेछापका १ जना गरी १० जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ५ जना महिलामा काठमाडौँकी ६१ वर्षीया, गोरखाकी ६३ वर्षीया, नवलपरासीकी ६२ वर्षीया, पर्साकी ५५ वर्षीया र कपिलबस्तुकी ४७ वर्षीया रहेका छन् । यस्तै मृत्यु हुने १० जना पुरुषहरुमा मोरङका ४० वर्षीय र ७० वर्षीय गरी २ जना, काठमाडौँका ७७ वर्षीय, ६२ वर्षीय, ७३ वर्षीय, ८५ वर्षीय र ७० वर्षीय गरी ५ जना, ललितपुरका ५५ वर्षीय, भक्तपुरका ७३ वर्षीय र रामेछापका २३ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ३६० पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !