६ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो


मृत्यु

काठमाडौँ, भदौ २८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ३ जना महिला र ६ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलामा काठमाडौँकी २ जना र कास्कीकी १ जना गरी ३ जना रहेका छन् भने मृत्यु हुने पुरुषहरुमा मोरङका १ जना, काठमाडौँका ४ जना र सिन्धुपाल्चोकका १ जना गरी ६ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ३ जना महिलामा काठमाडौँकी ६५ वर्षीया २ जना र कास्कीकी ४५ वर्षीया रहेका छन् । यस्तै मृत्यु हुने ६ जना पुरुषहरुमा मोरङका ६९ वर्षीय, काठमाडौँका ५९ वर्षीय, ७० वर्षीय, ६४ वर्षीय र ५९ वर्षीय र सिन्धुपाल्चोकका ५९ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या ३३६ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !