९ जेष्ठ २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो


मृत्यु

काठमाडौँ, भदौ २६ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट १ जना महिला र ४ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलामा मोरङकी १ जना रहेकी छन् भने मृत्यु हुने पुरुषहरुमा महोत्तरीका १ जना, धनुषाका १ जना, काठमाडौँका १ जना र नवलपरासीका १ जना गरी ४ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने १ जना महिलामा मोरङकी ४० वर्षीया १ जना रहेका छन् । यस्तै मृत्यु हुने ४ जना पुरुषहरुमा महोत्तरीका ६५ वर्षीय, धनुषाका ४५ वर्षीय, काठमाडौँका ७० वर्षीय र नवलपरासीका ५५ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ३२२  पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ३१७ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !