३० कार्तिक २०८१, शुक्रबार

धनुषामा कोरोना संक्रमित थप १ जना पुरुषको मृत्यु


मृत्यु

जनकपुर, भदौ २५ । धनुषा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारररत धनुषाको औरही गाउँपालिका-१ पुरनदैयाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार प्रादेशिक अस्पताल भर्ना भएका उनको मृत्युपछि स्वाब संकलन गरिएको थियो । हिजो बुधबार साँझ उनको कोरोना भाइरसको रिर्पोट पोजिटिभ आएको थियो ।

मृतकलाई बिहीबार नेपाली सेनाको टिमले जमुनी नदीको किनारमा शव व्यवस्थापन गरेको श्रीनाथ गण महेन्द्रनगर धनुषाले जनाएको छ । धनुषामा कोरोना भाइरस संक्रमणका हालसम्म १३ जनाको मृत्यु भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !