१३ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३१२ पुग्यो


मृत्यु

काठमाडौँ, भदौ २४ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ३ जना महिला र ३ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलामा काठमाडौँकी १ जना, कास्कीकी १ जना र बाँकेकी १ जना रहेकी छन् भने मृत्यु हुने पुरुषहरुमा काठमाडौँका १ जना, अर्घाखाँचीका १ जना र नवलपरासीका १ जना गरी ३ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने १ जना महिलाहरुमा काठमाडौँकी ८३ वर्षीया, कास्कीकी ७३ वर्षीया र बाँकेकी ८० वर्षीया गरी ३ जना रहेका छन् । यस्तै मृत्यु हुने ३ जना पुरुषहरुमा काठमाडौँका ६७ वर्षीय, अर्घाखाँचीका ४२ वर्षीया र नवलपरासीका ६४ वर्षीया रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३१२ पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३०६ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !