१५ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३०६ पुग्यो


मृत्यु

काठमाडौँ, भदौ २३ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट १ जना महिला र ५ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलामा काठमाडौँका १ जना रहेकी छन् भने मृत्यु हुने पुरुषहरुमा सुनसरीका १ जना, पर्साका २ जना, काठमाडौँका १ जना र कपिलबस्तुका १ जना गरी ५ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने १ जना महिलाहरुमा काठमाडौँका ८० वर्षीया १ जना रहेकी छन् । यस्तै मृत्यु हुने ५ जना पुरुषहरुमा सुनसरीका ७० वर्षीय, पर्साका ५४ र ६० वर्षीय, काठमाडौँका ८५ वर्षीय र कपिलबस्तुका ६२ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३०६ पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !