काठमाडौँ, भदौ २१ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।
बिगत २४ घण्टामा कोरोना संक्रमणवाट २ जना महिलाहरु र ७ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलाहरुमा मोरङ र झापाका १/१ जना गरी २ जना रहेका छन् भने मृत्यु हुने पुरुषहरुमा काठमाडौंका ३ जना, मोरङ, पर्सा, धनुषा र चितवनका १/१ जना गरी ७ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने २ जना महिलाहरुमा मोरङकी ६४ वर्षीया र झापाकी ४५ वर्षीया महिला रहेका छन् । यस्तै मृत्यु हुने ७ जना पुरुषहरुमा काठमाडौँका ७४, ६८ र ८५ वर्षीय, मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय, चितवनका ७० वर्षीय पुरुष रहेका छन् ।
यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो