२४ बैशाख २०८१, सोमबार

धरानमा झापाकी कोरोना संक्रमित महिलाको मृत्यु


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान, भदौ २१ । धरानमा झापाकी कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचाररत झापाको कन्काई-३ की ४५ वर्षीय महिलाको कोरोना संक्रमणवाट आइतबार बिहान १० :४५ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार १८ भदौमा भर्ना भएकी ती महिलामा कब्जियत, ज्वरो र श्वासप्रश्वासको समस्या पनि थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई धरान रिफर गरिएको थियो । परीक्षणका क्रममा ती महिलामा निमोनिया समेत देखिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको प्रतिष्ठाले जनाएको छ । यो सँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !