११ बैशाख २०८१, मंगलबार

रुपन्देहीमा कोरोना संक्रमणवाट थप १ जना महिलाको मृत्यु


मृत्यु

बुटवल, भदौ १८ । रुपन्देही जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जना महिलाको मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत रुपन्देहीको सैनामैना-११, सालझण्डीकी ७७ वर्षीया कोरोना संक्रमित महिलाको बिहान साढे ४ बजे मृत्यु भएको हो ।

बुधबार साँझ ७ बजे अस्पताल ल्याइएकी ती महिलाको इमरजेन्सी एक्स्पर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनलाई कोरोना विशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभएर प्रादेशिक अस्पतालकै आइसालेसनमा राखी उपचार गरिएकको थियो ।

आज बिहीबार बिहान साढे ४ बजे उनको मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । बिगत ३ दिनदेखि खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएकी उनलाई अक्सिजन दिई उपचार गरिएको र श्वास लिन नसकेपछि उनको मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !