२२ बैशाख २०८१, शनिबार

चितवनमा थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु


चितवन मेडिकल कलेज

चितवन, १८ भदौ । चितवन मेडिकल कलेजमा उपचाररत थप १ जना महिलाको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-११ की ४० वर्षीया महिला रहेकी छन् ।

अस्पतालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्रा। डा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वास-प्रस्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण देखिएको उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । चितवनका १० जना, मकवानपुरका ४ जना, वारा, गोर्खा, कैलाली र नवलपसारी (सुस्तापूर्व) का १/१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !