१३ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या २५७ पुग्यो


मृत्यु

काठमाडौँ, भदौ १८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ४ जना महिलाहरु र २ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुनेहरुमा चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका ४ जना महिलाहरु छन् भने सिन्धुपाल्चोक र रुपन्देहीका २ जना पुरुषहरु रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ४ जना महिलाहरुमा चितवनकी ४० वर्षीया, भक्तपुरकी ४० वर्षीया, तनहुँकी ९२ वर्षीया र रुपन्देहीकी ७७ वर्षीया महिला रहेकी छिन् । यस्तै मृत्यु हुने २ जना पुरुषहरुमा सिन्धुपाल्चोकका ७७ वर्षींय र रुपन्देहीका ६५ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २५१ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !