१३ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या २३९ पुग्यो


मृत्यु

काठमाडौँ, भदौ १६ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ४ वर्षीय बालिका १ जना र १० जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । उनका अनुसार मृतक महिलामा महोत्तरीमा ४ वर्षीय बालिका १ जना रहेकी छन् । यस्तै महोत्तरीमा १ जना, पर्साका ३ जना र काठमाडौंका २ जना, सिरहा, बारा, चितवन र मकवानपुरका १/१ जना पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने १ जना महिलाहरुमा महोत्तरीकी ४ वर्षीया बालिका रहेकी छिन् । यस्तै मृत्यु हुने १० जना पुरुषहरुमा महोत्तरीका ३७ वर्षीय पुरुष, सिरहाका ६५ वर्षीय पुरुष, पर्साका ५३ वर्षीय पुरुष, पर्साका ८० वर्षीय पुरुष, पर्साका ६० वर्षीय पुरुष, बाराका ६० वर्षीय पुरुष, चितवनका ५२ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष, काठमाडौंका ३५ वर्षीय पुरुष र मकवापनुरका ५८ वर्षीय पुरुष गरी १० जना रहेका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !