१२ बैशाख २०८१, बुधबार

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन


प्रणव मुखर्जी

एजेन्सी, भदौ १५ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको आज सोमबार निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जी सोमबार अस्पतालले दिएको जानकारी अनुसार उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो । सेप्टिक सक संक्रमणका कारण निम्तिने गर्छ । यसले शरीरमा अत्यधिक परिवर्तन निम्त्याउँछ । रक्तचापमा अत्यधिक गिरावट आएपछि सेप्टिक सक हुने गर्छ ।

मुखर्जीको निधनको जानकारी दिँदै उनका छोरा अभिजीत मुखर्जीले गरेका ट्वीटमा भनेका छन् : गह्रौं हृदयका साथ यो सूचित गर्दछु कि आरआर अस्पतालका डाक्टरहरुको अधिकतम प्रयास तथा भारतभरीका जनताका प्रार्थना र शुभेच्छाका बाबजूद मेरा बुबा श्री प्रणब मुखर्जीको निधन भएको छ ।

सन् २०१२ मा भारतका राष्ट्रपति बनेको मुखर्जी २०१७ सालसम्म आफ्नो पूर्णकाल राष्ट्रपति रहेका थिए । उनलाई सन् २०१९ सालमा भारत रत्नले सम्मानित गरिएको थियो ।

https://twitter.com/ABHIJIT_LS/status/1300407074560471041


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !