७ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो


मृत्यु

काठमाडौँ, भदौ १५ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ४ वर्षीय बालिकासहित ३ जना महिलाहरु र ४ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । उनका अनुसार मृतक महिलामा महोत्तरीमा ४ वर्षीय बालिका १ जना, गोरखाकी १ जना र रुपन्देहीका १ जना गरी ३ रहेका छन् । यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १/१ जनासहित ४ जना पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ३ जना महिलाहरुमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला र रुपन्देहीकी ६८ वर्षीया महिला रहेका छन् । यस्तै मृत्यु हुने ४ जना पुरुषहरुमा झापाका ८६ वर्षीय, रौटहटका ४० वर्षीय , चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीया पुरुष रहेका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !