१२ बैशाख २०८१, बुधबार

पोखरामा कोरोना संक्रमणवाट १ जना पुरुषको मृत्यु


पोखरामा थप कोरोना संक्रमित ५२ वर्षीय पुरुषको मृत्यु

पोखरा, भदौ १३ । पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट १ जना पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका-१४ निवासी ५८ वर्षीय पुरुषको आज बिहान ११ बजे मृत्यु भएको जानकारी दिएको छ ।

आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह.प्रा.डा. अर्जुन आचार्यले एक प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । कोरोना संक्रमणवाट मृत्यु भएका पुरुषको भदौ ७ गते शल्यक्रिया गरिएको थियो ।

उनको कोरोनाको आशंकामा स्वाब संकलन भदौ ८ गते गरी पठाइएकोमा भदौ १० गते रिपोर्ट पोजेटिभ आएपछि कोभिड-१९ उपचार केन्द्रको आइसियुमा भर्ना गरी उपचार थालिएको थियो ।

प्रतिष्ठान स्रोतका अनुसार उनमा पेट फुल्ने रोग हुनेका साथै आन्द्रा बटारिने समस्या देखिएको थियो । मृतक पुरुष नबिल बैंकको पोखरा समागृह शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणवाट अहिलेसम्म ७ जनाको मृत्यु भई सकेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।

पोखरामा कोरोना संक्रमणवाट १ जना पुरुषको मृत्यु

यो पनि पढ्नुहोस्

पोखरामा थप कोरोना संक्रमित ५२ वर्षीय पुरुषको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !