१३ बैशाख २०८१, बिहिबार

चितवन मेडिकल कलेजमा कोरोना संक्रमणवाट थप १ जना महिलाको मृत्यु


चितवन मेडिकल कलेज

चितवन, भदौं १३ । चितवन कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जना महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका-५ की ४९ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजको कोभिड आइसीयूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिला मिर्गौला रोगबाट समस्यामा थिइन् । डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते चितवन मेडिकल कलेज ल्याइएको थियो । उनको ३ पटकसम्म डायलाइसिस गरिएको थियो । सोही क्रममा कोरोना परीक्षण गर्दा ती महिला संक्रमण पुष्टि भएको थियो ।

यसअघि पनि हिजो विहान मकवानपुरको हेटौंडा-१९ की ७१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । हिजो चितवनमा एकैदिन चितवन, मकवानपुर र गोरखाका १/१ जना गरी ३ जनाको मृत्यु भएको थियो ।

चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको छ । जस अनुसार चितवन जिल्लाका ४ जना, मकवानपुरका ३ जना, कैलाली र गोरखाका १/१ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु