११ बैशाख २०८१, मंगलबार

धरानमा सिराहाका ८४ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु


धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

काठमाडौं । सुनसरी जिल्लाको धरानमा सिराहाका ८४ वर्षीय कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारका क्रममा सिरहाको भदैया-६ का ८४ वर्षीय वृद्धको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उनको हिजो राति ११ बजेर २० मिनेटमा निधन भएको हो । मिर्गौलाका रोगी उनको मिगौलाको समस्या आएपछि डाइलोसिस पनि गरिएको थियो। भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएकी उनको भदौ ७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाई अत्याधिक खोकी लाग्ने, श्वास फेर्न समस्या र ज्वरो आएपछि परिवारले विपी प्रतिष्ठान ल्याएको थियो । उनको शव सिराहा लैजाने तयारी भइरहेको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु हुने संक्रमितको संख्या १६ पुगेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !