१४ बैशाख २०८१, शुक्रबार

वीरगञ्जमा थप २ जना कोरोना संक्रमित पुरुषको मृत्यु


मृत्यु

वीरगञ्ज, भदौ १३ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जना पुरुषको मृत्यु भएको छ । वीरगञ्ज निवासी २ जना पुरुषमध्ये १ जनाको वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा र अर्का १ जनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कोरोना संक्रमणवाट वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका-१२ निवासी ४३ वर्षीय पुरुषको शुक्रबार राति ११ बजेर ५५ मिनेटमा मृत्यु भएको हो । हेपाटाइटीस बी र एचआईभी एड्सका बिरामी रहेका ती पुरुष शुक्रबार साँझ नेसनल मेडिकल कलेजबाट रिफर भएर कोरोना अस्पताल आएका थिए ।

यस्तै कोरोना संक्रमणवाट वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत वीरगन्ज-२२ मनियारीका ३७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । ती पुरुषलाई थप उपचारका लागि वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालबाट काठमाडौं रिफर गरिएको थियो । सिकिस्त बिरामी रहेका उनको काठमाडौं लैजाँदै गर्दा शुक्रबार राति ११ बजेर ४१ मिनेटमा मुग्लिङ नजिकै मृत्यु भएको हो ।

मृतक दुई जनाकै शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु