१३ बैशाख २०८१, बिहिबार

पाल्पामा कोरोना संक्रमणबाट ३० वर्षीया महिलाको मृत्यु


मृत्यु

पाल्पा, भदौ १३ । पाल्पा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित ३० वर्षीया महिलाको मृत्यु भएको छ । जिल्लाको लुम्बिनी मेडिकल कलेजमा उपचाररत तानसेन नगरपालिका-८ मदनपोखरा पिपलडाँडाकी ३० वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार अपराह्न निधन भएको छ ।

अस्पतालमा उपचार गर्न ल्याउँदा नै श्वास फेर्न समस्या भएपछि कलेजको आइसोलेसन कक्षको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनलाई मुटु सम्बन्धि समस्या पनि रहेको बताइएको छ । मुटुको उपचारका क्रममा शंका लागेर स्वाब लिई परीक्षणको लागि पठाइएकोमा रिपोर्ट गत भदौ ७ गते कोरोना पोजिटिभ देखिएको थियो ।

अस्पताल स्रोतका अनुसार मृत्तक महिलाको शव व्यवस्थापनको लागि पाल्पा जिल्ला सिसिएमसीसँग समन्वय भइरहेको बताइन् । शव व्यवस्थापनका विषयमा छलफल भइरहेको र शनिबार बिहान मात्रै गर्न सकिने भएको छ ।

उनीसगै पाल्पामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । पाल्पामा यसअघि कोरोना संक्रमणका कारण पूर्वखोला गाउँपालिका-१, सिलुवाका ४५ वर्षीय पुरुषको निधन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !