१२ बैशाख २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १९५ पुग्यो


मृत्यु-निधन

काठमाडौँ, भदौ १२ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ४ जना महिलाहरु र ८ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । उनका अनुसार मृतक महिलामा मोरङका २ जना तथा भक्तपुर र मकवानपुरका १/१ जना रहेका छन् । यस्तै पुरुषमा उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका १/१ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने महिलामा मोरङका ५६ वर्षीया १ जना र ६५ वर्षीया १ जना, भक्तपुरकी ६३ वर्षीया १ जना र मकवानुपरकी ७१ वर्षीया १ जना रहेका छन् । त्यस्तै मृत्यु हुने पुरुषमा उदयपुरका ५२ वर्षीय १ जना, पर्साका ७२ वर्षीय १ जना, धनुषाका ४५ वर्षीय १ जना, सिरहाका ५५ वर्षीय १ जना, झापाका ८३ वर्षीय १ जना, चितवनका ५१ वर्षीय १ जना, कास्कीका ५२ वर्षीय १ जना र रुपन्देहीका ६० वर्षीया पुरुष १ जना रहेका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८३ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !