२८ बैशाख २०८१, शुक्रबार

पोखरामा थप कोरोना संक्रमित ५२ वर्षीय पुरुषको मृत्यु


पोखरामा थप कोरोना संक्रमित ५२ वर्षीय पुरुषको मृत्यु

पोखरा, भदौ १२ । कास्की जिल्लाको पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचाररत पोखरा-१६ की ती पुरुषमा आज अपरान्ह मृत्यु भएको हो ।

उनको आज अपरान्ह १२:१५ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह.प्रा.डा. अर्जुन आचार्यले एक प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । कोरोना संक्रमित पुरुषमा हाइपर टेन्सन र मधुमेह रोग थियो ।

श्वास -प्रश्वासमा समस्या आएपछि उनी आजै अस्पताल भर्ना भएका थिए ।  योसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । मृतक महिलाको शव व्यवस्थापनको तयारी भइरहेको छ ।

पोखरामा थप कोरोना संक्रमित ५२ वर्षीय पुरुषको मृत्यु

यो पनि पढ्नुहोस्

पोखरामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !