१५ बैशाख २०८१, शनिबार

चितवनको पुष्पाञ्जली अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु


पुष्पाञ्जली अस्पताल

चितवन, भदौं १२ । चितवनमा आज थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । चितवनको भरतपुर-१० स्थित श्री पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका-२ का ५१ वर्षीय पुरुषको आज शुत्रबार विहान १० बजे मृत्यु अस्पतालका कोरोना फोकल पर्सन डा.सन्दिप पाण्डेले एक प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

डा. पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तीमा भेन्टिलेटरमा उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको जनाइको छ । ती पुरुष लामोसमय देखि फोक्सोको दमको बिरामी रहेको डा.पाण्डेले जानकारी दिए । भदौं ८ गते राति भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भदौं ५ गते विहान १० बजे श्वासप्रश्वासमा गम्भिर समस्या आएर अस्पताल भर्ना भएपछि ती पुरुषको गम्भिर अवस्थामा आइसीयूमा राखेर उपचार सुरु गरिएको थियो । उनको तत्कालै कोरोना परीक्षणका लागि स्वाब संकलन गरि प्रयोगशाला पठाउँदा सोमबार राति रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई सघन कक्ष (आइसीयू) मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।

पुष्पाञ्जली अस्पताल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !