६ बैशाख २०८१, बिहिबार

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


चितवन मेडिकल कलेज

चितवन, भदौ १२ । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जना महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-१९ की ७१ वर्षीया महिलाको आज विहान ६:५० बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

ती महिला भदौ ७ गते भर्ना भएकी थिइन् । उनको स्वासप्रश्वासमा जटिल समस्या आएको थियो । उनी दम र निमोनियाको समेत बिरामी थिइन् । अस्पतालका स्रोतका अनुसार इमरजेन्सीमा भर्ना भएपछि उनको कोरोना परीक्षण गरिएको थियो ।

कोरोना संक्रमणपछि उनलाई सघन उपचार कक्षमा राखिएको थियो । यससँगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !