८ बैशाख २०८१, शनिबार

धरानमा सिरहाका कोरोना संक्रमित पुरूषको मृत्यु


मृत्यु

धरान, भदौ १२ । सुनसरी जिल्लाको धरानमा सिरहाका कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरूषको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचाररत सिरहाको सुखीपुर नगरपालिका-८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रतिष्ठानको मेडिसिन वार्डमा गत भदौ ६ गते भर्ना भएका उनमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । उनको हिजो बिहीबार साँझ निधन भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । मृतक पुरुषमा उच्च रक्तचाप भएको र २० वर्षअघि क्षयरोग भएर १८ महिना औषधि सेवन गरेको स्वास्थ हिष्ट्री रहेको बताइएको छ ।

मृतकको शव प्रतिष्ठानमै रहेको र आज शुक्रबार नेपाली सेनाको टोलीले सुखीपुर तयारी भई रहेको छ । योसंगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !