७ बैशाख २०८१, शुक्रबार

मोरङकी कोरोना संक्रमित ५६ वर्षीया महिलाको धरानमा मृत्यु


मृत्यु

बेलबारी, भदौ १२ । मोरङ जिल्लाकी कोरोना भाइरस (कोभिड-१९) संक्रमित ५६ वर्षीया महिलाको धरानमा मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङको बेलबारी-५ की ती महिलाको आज बिहान विहान ३:१४ बजे मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।

भदौ ५ गते बिरामी भएर मोरङको सहकारी अस्पताल बिराटनगरवाट उनलाई ७ गते कोशी अस्पताल पठाइएको थियो । ती महिलामा यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन कोशी अञ्चल अस्पतालबाट रिफर गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

उनमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । उनको दीर्घकालीन रोगबारे जानकारी नभएको र आफन्तसँग सम्पर्क हुन नसकेको प्रतिष्ठान स्रोतले बताएको छ । उनको मृत्युसँगै बेलबारीमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १ पुगेको छ भने संक्रमितिको संख्या २२ भएको छ ।

यो पनि पढ्नुहोस्

झापाका ८३ वर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !