१३ बैशाख २०८१, बिहिबार

झापाका ८३ वर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु


मृत्यु

झापा, भदौ १२ । झापा जिल्लाका कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जना बृद्धको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कमल गाउँपालिकाका-३ केर्खा बजारका ८३ वर्षीय बृद्धको कोरोना संक्रमण हिजो बिहीबार राति ११ वजे मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।

उनमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो । कमल गाउँपालिकामा कोरोना संक्रमण फैलिएपछि मिर्गौलाका बिरामी समेत रहेका ती पुरुष संक्रमित भएका थिए । मृतकको परिवारका १ जना सदस्यमा पनि संक्रमण देखिएको थियो । उनको मेची प्रादेशिक अस्पतालको आइसोलसेनमा उपचार भइरहेको छ ।

उनमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । साथै उनी उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मिर्गौलाको दीर्घकालीन समस्याबाट पनि पीडित थिए । उनको अस्पतालमै डायलायसिस गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !