९ जेष्ठ २०८१, बुधबार

ललितपुरमा अर्घाखाँचीका कोरोना संक्रमित १ जना पुरुषको मृत्यु


किस्ट अस्पताल

ललितपुर, भदौ ११ । ललितपुर जिल्लाको किस्ट अस्पतालको आइसियूमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जना पुरुषको मृत्यु भएको छ । अर्घाखाँची स्थायी ठेगाना भएका ५५ वर्षीय पुरुषको हिजो बुधबार राति ८ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनलाई गत भदौ ७ गते अस्पताल भर्ना गरिएको थियो । मृतक पुरुष केही समयदेखि काठमाडौँ उपत्यकामा बस्दै आएका थिए । अस्पताल भर्ना गर्दा नै उनमा निमोनियाको देखिएपछि आइसियूमै राखेर उपचार गरिरहेको थियो ।

भदौ ९ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकको शब अस्पतालमै राखिएको र व्यवस्थापन नेपाली सेनाको टोलीले गर्ने अस्पताल स्रोतले जानकारी दिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु