७ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो


मृत्यु

काठमाडौँ, भदौ १० । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका अनुसार २ जना महिला र ९ जना पुरुषहरु गरी ११ जनाको मृत्यु भएको हो । मृतकमा मोरङ र भक्तपुरका २ जना महिलाहरु रहेका छन् भने कैलालीका २ जना, महोत्तरीका ३ जना, बाँकेका १ जना, काठमाडौंका १ जना र बाराका २ जना पुरुषहरु गरी ९ जना रहेका छन् ।

उमेर समुहका आधारमा कोरोना संक्रमणवाट मृत्यु हुने ११ जनाहरुमा मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका ४५ वर्षीय र ५० वर्षीय २ जना पुरुषहरु, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय ३ जना पुरुषहरु, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौँका ५१ वर्षीय पुरुष तथा बाराका ४१ र ४६ वर्षीय २ जना पुरुषहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ८८५ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४१८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १९५०४ पुगेको छ ।

काठमाडौं उपत्यकामा आज ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका २३० जना, ललितपुर जिल्लाका ४७ जना र भक्तपुर जिल्लाका २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या १६४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !