१२ बैशाख २०८१, बुधबार

विराटनगरमा कोरोना संक्रमणबाट १ जना महिलाको मृत्यु


मृत्यु

विराटनगर, भदौ १० । मोरङ जिल्लाको विराटनगरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिका-२ स्थित टंकीसिनवारीस्थित विराट शिक्षण अस्पतालमा उपचाररत ती महिलाको मृत्यु भारको हो ।

अस्पताल स्रोतका अनुसार विराटनगर महानगरपालिका-१५ मिल्स एरिया घर भएपनि विराटनगर-११ स्थित माइतीमा बस्दै आएकी ४४ वर्षीया महिलाको कोरोना संक्रमणवाट हिजो मंगलबार राति ८ बजेतिर मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि संक्रमित महिलालाई दिउँसो उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

स्वाब संकलन गरेर कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट महिलाको मृत्यु हुनुभन्दा केही बेरअघि मात्रै पोजेटिभ आएको थियो । विराट शिक्षण अस्पताल स्रोतका अनुसार रिपोर्ट पोजिटिभ आएर कोरोना पुष्टि भएको केही बेरमै उपचाररत महिलाको मृत्यु भएको हो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !