१४ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १५७ पुग्यो


मृतकको शव

काठमाडौँ, भदौ ८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा काठमाडौंकी १ जना महिला, रुपन्देहीमा १ जना महिला र ३ जना पुरुषसहित ४ जना, मोरङका १ जना पुरुष, सुनसरीका १ जना पुरुष र पर्सामा १ जना महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले पुष्टि गरेका हुन् ।

उमेर समुहका आधारमा कोरोना संक्रमणवाट मृत्यु हुने ८ जनाहरुमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय पुरुष रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ७४३ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२६७८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १७५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १८८०६ पुगेको छ ।

काठमाडौं उपत्यकामा आज २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १७७ जना, ललितपुर जिल्लाका ३३ जना र भक्तपुर जिल्लाका १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १४९ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु