, नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो

काठमाडौँ, भदौ १ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले दिएको जानकारी अनुसार रौतहटका ३२ वर्षीय पुरुष १ जना, मोरङमा ६० वर्षीय पुरुष १ जना र काठमाडौंकी ५८ वर्षिया महिला १ जनाको मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या १०४ पुग्यो