१८ बैशाख २०८१, मंगलबार

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन


सुभद्रा अधिकारी

काठमाडौं, साउन ३२ । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको आज शनिबार निधन भएको छ । ७२ वर्षको उमेरमा अधिकारीको शनिबार आफ्नै निवास डल्लुमा निधन भएको हो ।

चार दशक बढी नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहेकी अधिकारीले चिनो, कन्यादान, भाउजु, वसन्ती, मुनामदन लगायत चर्चित चलचित्रमा अभिनय गरेकी थिइन् । टेलिफिल्म, नाटक, गीतिनाटक सानो पर्दामा पनि अभिनय गरेकी थिइन् । उनको पहिलो फिल्म ‘मनको बाँध’ हो ।

अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा लगिएको थियो । उनले ६ वर्षको उमेरदेखि नै नेवारी नाटक कचिमचा (काँचो माटो) बाट अभिनय गर्न सुरु गरेकी थिइन् ।

उनलाई २०६३ सालमा दीर्घ साधना सम्मानबाट पनि सम्मानित गरिएको थियो । उनका एक छोरा र एक छोरी छन् । उनको आज शनिवार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !