, नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १०२ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १०२ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १०२ पुग्यो

काठमाडौं, साउन ३१ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

कपिलवस्तु, पर्सा र धनुषामा १/१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमध्ये ८० जना पुरुषहरु र २२ जना महिलाहरु रहेको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९९ पुग्यो