७ बैशाख २०८१, शुक्रबार

महोत्तरीका कोरोना संक्रमितको १ जना पुरुषको जनकपुरमा मृत्युु


मृत्यु

जनकपुर, साउन २८ । महोत्तरी जिल्लाका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको थप १ जना पुरुषको जनकपुरमा मृत्युु भएको छ । यससंगै महोत्तरीमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ ।

महोत्तरीको मठिहानी नगरपालिका-६ बस्ने ४५ वर्षीय पुरुषको उपचारको क्रममा २ दिन पहिला जनकपुरको जानकी हेल्थ केयरमा मृत्यु भएको थियो । उनको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । उपचारकै क्रममा उनको स्वाब लिई परीक्षणको लागि प्रयोगशालामा पठाएकोमा हिजो मंगलवार उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । मधुमेह र फोक्सोका रोगी समेत रहेका थिए ।

यता मृतकको दाहसंस्कारमा गएका करिब ५० जनाभन्दा बढी व्यक्तिहरुलाई होम क्वारेन्टीनमा बस्न मटिहानी पालिकाले आग्रह गरेको छ भने मठिहानीको बजार क्षेत्र र वार्ड नम्बर ६ मा पुर्ण रुपेण सिल गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !