१२ बैशाख २०८१, बुधबार

किस्ट अस्पतालमा टेकुकी कोरोना संक्रमित महिलाको मृत्यु


किस्ट अस्पताल

काठमाडौं, साउन २८ । ललितपुर जिल्लाको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी १ जना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पताल स्रोतले जानकारी दिएको छ ।

ती महिलाको बुधबार बिहान नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । उनलाई यही साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८६ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आघिकारिक पुष्टि बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !