२२ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ८३ पुग्यो


मृत्यु

काठमाडौं, साउन २७ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मंगलबार कोरोनाले मृत्यु पुष्टि हुनेमा धनुषाका २ जना, काभ्रे र सिन्धुपाल्चोकका १/१ जना रहेका छन् । डा. गौतमका अनुसार काठमाडौंको किष्ट मेडिकल कलेजमा उपचाररत काभ्रे पाँचखाल नगरपालिका-१ की ५० वर्षीया महिलाको कोरोना संक्रमणवाट मृत्यु भएको पुष्टि भएको छ । उनको मंगलबार मृत्यु भएको हो । आइतबार निमोनियाको लक्षण लिई अस्पताल भर्ना भएकी ती महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार नै कोरोना पुष्टि भएको हो । ती महिलामा फोक्सो तथा पित्तथैली सम्बन्धी रोग पनि थियो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-४ का ८४ वर्षीय पुरुषको भने मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मृत्यु भएको हो । उनको साउन २२ गते निधन भएको थियो । मुटु तथा मिर्गौला सम्बन्धी समस्याका कारण २१ साउनमा अस्पताल भएका ती वृद्धामा मंगलबार कोरोना पुष्टि भएको हो ।

धनुषा (मिथिला) विहारी नगरपालिका-५ का ५० वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनको मृत्युपछि स्वाब नमुना संकलन गरी परीक्षण गर्दा सोमबार कोरोना पुष्टि भएको हो । ती पुरुष झाडापखाला लागि मोटरसाइकलमा अस्पताल जाँदै गर्दा बाटोमा बेहोस भई लडेको र अस्पताल पुर्‍याउँदा मृत घोषणा गरिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उनी क्यान्सर अस्पताल जनकपुरमा कार्यरत थिए ।

प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत ६० वर्षीय पुरुषको पनि कोरोना संक्रमणवाट हिजो साउन २६ गते सोमबार राति मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनी विदेह नगरपालिका-८ का रहेको मन्त्रालयले जनाएको छ । क्षयरोग र निमोनियाका बिरामी रहेका उनको साउन ८ गतेदेखि १८ दिन आईसीयूमा उपचार भइरहेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ७९ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !