१३ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ७९ पुग्यो


मृत्यु-निधन

काठमाडौं, साउन २६ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना भएकी ७० वर्षीया महिलाको हिजो साउन २५ गते आइतबार दिउँसो ३ बजेर १० मिनेट जाँदा मृत्यु भएको हो । उनको पनि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनी बाँकेको कोहलपुर नगरपालिका-२ की स्थायी बासिन्दा हुन् । २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन् ।

पर्साको वीरगञ्जमा कोरोना संक्रमणवाट थप १ जना महिलाको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा उपचाररत वीरगन्ज महानगरपालिका-१५ भेडियाही निवासी ४५ वर्षीय महिलाको मृत्यु भएको हो । उनको हिजो आइतबार साउन २५ गते उपचारको क्रममा मृत्यु भएकाे भएपनि मृत्यु पश्चात् उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उच्च रक्तचाप र हाइपोथाइराइडकी समेत बिरामी रहेकी ती महिलाको अचानक स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारको लागि साउन २४ गते शनिबार अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

ललितपुरको भैसेपाटीस्थित मेडीसीटी अस्पतालमा उपचारत कोरोना संक्रमित ६४ वर्षीय वृद्धको मृत्यु भएको छ । उनको आज सोमबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो । भाइरल निमोनिया र पुरानो मुधमेहको उपचार गराइरहेका ती वृद्धलाई असार ३१ गते अस्पताल भर्ना गरिएको थियो । पछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । मृतक कीर्तिपुर ट्याङ्ला फाँटका हुन् । त्यस्तै काठमाडौं महानगरपालिका-१० मध्य बानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा निधन भएको हो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ७५ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !