२६ बैशाख २०८१, बुधबार

मेडिसिटी अस्पतालमा उपचाररत काठमाडौंका कोरोना संक्रमित वृद्धको मृत्यु


मेडिसिटी अस्पताल

ललितपुर, साउन २६ । ललितपुरको भैसेपाटीस्थित मेडीसीटी अस्पतालमा उपचारत कोरोना भाइरस (कोभिड-१९) संक्रमित ६४ वर्षीय वृद्धको मृत्यु भएको छ । उनको आज सोमबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले जानकारी दिए।

भाइरल निमोनिया र पुरानो मुधमेहको उपचार गराइरहेका ती वृद्धलाई असार ३१ गते अस्पताल भर्ना गरिएको थियो । पछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । मृतक कलंकी ट्याङ्ला फाँटका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !