१४ बैशाख २०८१, शुक्रबार

सप्तरीमा कोरोना संक्रमणवाट थप १ जना पुरुषको मृत्यु


मृत्यु

राजविराज, साउन २१ । सप्तरी जिल्लाको रुपनी गाउँपालिका-५ गढियामा आज बुधबार होम क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनी डेढ महिनाअघि मलेसियाबाट घर फर्किएका थिए ।

कोरोना संक्रमणको आशंकामा जिल्ला स्वास्थ्य कार्यालयले उनको शवको अन्तिम संस्कार गर्न रोक लगाएर बुधबार स्वाब संकलन गरेको थियो । राजविराजस्थित गजेन्द्र नारयणसिंह अस्पतालमा गरिएको स्वाब परीक्षणमा ती व्यक्तिमा कोभिड-१९ पुष्टि भएको अस्पतताल स्रोतले बताएको छ ।

होम क्वारेन्टाइनमा बसेपनि ४५ वर्षीय ती व्यक्तिले पीसीआर परीक्षण गराएका थिएनन् । केही दिनदेखि ज्वरो देखिएका उनलाई मंगलबार अझ च्यापेको र दम बढेपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा त्यहाँ उपचार हुन नसकी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो । तर अस्पताल परिसरमा पुग्नेबित्तिकै उनको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु