१३ बैशाख २०८१, बिहिबार

काठमाडौंमा कोरोना संक्रमणबाट १ जना महिलाको मृत्यु


मृत्यु-निधन

काठमाडौं, २१ साउन । काठमाडौंमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही-६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार ती महिला प्रहरी अस्पतालमा साउन १६ गते भर्ना भएकी हुन्। मनमोहन अस्पतालमा उपचार गराइरहेकी ती महिलामा कोरोनाको लक्षण देखिएपछि प्रहरी अस्पताल रिफर गरिएको थियो । उनमा साउन १९ गते कोरोना पुष्टि भएको थियो ।

निमोनियाको उपचार गराइरहेकी महिलामा स्क्रब टाइफस समेत देखिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु