४ जेष्ठ २०८१, शुक्रबार

सप्तरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका ३ जनाको मृत्यु


मृत्यु

सप्तरी, साउन २१ । सप्तरी जिल्लामा कोरोना भाइरस (कोभिड-१९) काे मिल्दोजुल्दो लक्षण देखिएका ३ जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका १ जना र छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका २ जनाको मृत्यु भएको हो ।

जिल्लाको रुपनी गाउँपालिका-५ स्थित गढियामा ४५ दिन पहिले मलेसियाबाट आएका ४५ वर्षीय पुरुषलाई हिजो मंगलबार एक्कासी ज्वरो आएको र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो ।

उनको उपचार सम्भव नभएपछि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएकोमा मंगलबार राति नै बाटोमै मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मृतक उनको बुधबार बिहान परिवारजनले अन्तिम संस्कार गरिरहँदा प्रहरी पुगेर रोकेको छ । स्वाब संकलनका लागि अन्त्येष्टि कार्य रोकिएको स्वास्थ्य कार्यालयले बताएको छ ।

छिन्नमस्तामा मृत्यु भएका २ जनामध्ये १ जनाको शव अस्पतालमै छ भने अर्का १ जनाको शव अस्पतालले परिवारको जिम्मा लगाएको थियाे । श्वास फेर्न गाह्रो भएपछि दुवैलाई उपचारका लागि गत साउन १५ गते सो अस्पतालमा भर्ना गरिएको थियो । काेराेनासँग मिल्दोजुल्दो लक्षण देखिएर मृत्यु भएका उनकाे परिवारले घर लगेकाे शवबारे अस्पतालले स्थानीय प्रशासनलाई खबर गरेपछि अहिले प्रहरीले नियन्त्रणमा राखेको छ ।

मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय वृद्ध र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालय स्रोतले जानकारी दिएको छ । मृतक तीनै जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

आज मात्र पर्सा जिल्लामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसरी हेर्दा २ नम्वर प्रदेशमा कोरोनाको संक्रमण समुदाय स्तरमा उच्च रहेको हुन् सक्ने अनुमान गर्न सहजै गर्न सकिन्छ । प्रदेश २ मा कोरोना नियन्त्रण गर्न नेपाल सरकार र प्रदेश सरकारले उच्च प्राथमिकता दिएर कठोर कदम चाल्न जरुरी भई नै सकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !