७ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ५८ पुग्यो


मृत्यु

काठमाडौं, साउन २० । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमित ७७ वर्षीय वृद्धको मृत्यु भएको छ । हिजो सोमबार बिहान मात्र अस्पताल भर्ना भएका उनको दिउँसो सवा ३ बजे मृत्यु भएको हो । उनलाई हिजो बिहान साढे ९ बजे अस्पताल भर्ना गरिएको थियो । भर्ना गर्दै उनमा ज्वरो, छाती दुख्ने र स्वासप्रस्वासको समस्या रहेको थियो ।

कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण भएपछि उनको स्वाब परीक्षणको लागि झिकिएको थियो तर उनको सवा ३ बजे नै मृत्यु भएको थियो । पछि सवा ४ बजे पिसिआर रिपोर्ट आउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो । मृतक बृद्धको अहिलेसम्म कुनै ट्राभल हिस्ट्री देखिएको छैन । मधुमेहको समस्या समेत रहेका वृद्धलाई ४ दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृतक मधुमेह र रक्तचापको रोगी समेत रहेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ५७ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !