२० बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ५७ पुग्यो


मृत्यु-निधन

काठमाडौं, साउन १८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पर्सा जिल्लाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचाररत १ जना महिलाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । साउन १४ गते बुधबार अस्पतालमा भर्ना भएकी वीरगञ्ज-१६ नगवाकी अर्की १ जना ६८ वर्षीय वृद्ध महिलाको साउन १७ गते शनिबार साँझ ६ बजे मृत्यु भएको थियो । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनलाई बयोधा अस्पतालबाट थप उपचारका लागि नारायणी अस्पताल कोरोना विषेश अस्थायी अस्पताल गण्डकमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । उनी मधुमेह र उच्च रक्तचापको बिरामी पनि थिइन् । उनमा शुक्रबार राति कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !