६ जेष्ठ २०८१, आइतबार

पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ जना बृद्धको मृत्यु


मृत्यु

वीरगञ्ज, साउन १६ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । हिजो बिहीबार बिहान वीरगन्ज-२ छपकैयास्थित आफनै घरमा मृत्यु भएका ७० वर्षीय बृद्धमा पनि कोरोना संक्रमणवाट मृत्यु भएको हो ।

नारायणी अस्पतालका अनुसार घरमै मृत्यु भएको जानकारी आएपछि अस्पतालको टोलीले गएर दिउँसो स्वाब संकलन गरी बिहीबार राति १० बजेतिर पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

छपकैयास्थित घरमा एक्लै बस्दै आएका ती बृद्ध बिहीबार बिहान आफनै घरभित्र मृत अवस्थामा भेटिएका थिए । राती सुतेका बृद्ध बिहीबार बिहान नउठेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

वडा प्रहरी कार्यालय विर्ताबाट गएको प्रहरी टोलीले घरको ढोका तोडेर भित्र पस्दा बृद्ध कोठामा मृत अवस्थामा भेटिएका थिए । त्यसपछि बृद्धको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।

यो पनि पढ्नुहोस्

पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ जना पुरुषको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !