२५ बैशाख २०८१, मंगलबार

पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ जना पुरुषको मृत्यु


मृत्यु-निधन

वीरगञ्ज, साउन १५ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज-१६ नगवाका ३५ बर्षीय पुरुष रहेका छन् । उनको आज बिहिबार बेलुका अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो आएपछि उनी साउन ५ गते निजी क्लिनिकमा पुगेका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटलमा भर्ना भएका थिए । उनी तराई हस्पिटलमा भर्ना भएकै दिन गण्डक कोरोना अस्पतालमा रिफर गरिएपछि पीसीआर परीक्षण गरिएको थियो ।

ज्वरो आउने, श्वास-प्रस्वासमा समस्या भएर मंगलबार १३ गते गण्डक कोरोना अस्पतालको इमजेन्सीमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आज बिहीबार बेलुकी ७ :४० बजे निधन भएको गण्डक कोरोना अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनको शव अहिले कोभिड अस्पतालमै राखिएको जनाइएको छ । यससँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !